हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड, आवेदकले पाए ४० कित्तासम्म सेयर
११ पुस, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडकाे आईपीओ बाँडफाँड भएको छ। कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमानिष्काशन गरेकाे आईपीओ काठमाडौंको बालुवाटारको शुवर्ण शमशेर मार्गमा अवस्थित ताज रिसेप्सनमा बाँडफाँड भएकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकाे छ ।
क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
१० कित्ता देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले माग अनुसार कै सेयर पाएका छन् । ३० कित्ता भन्दा माथि आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर पाएका छन्।
प्रकाशित मिति : 10:19









