९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

बम्पर लाभांश पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारणसभा

११ पुस, काठमाडाैं। नेपाल ल्यूब आयल लिमिटेडले बम्पर लाभांश पारित गर्न वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले आगामी पुस २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा बाेलाएकाे हाे ।

सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजे सुरू हुनेछ । सभाले गत वर्षकाे नाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित)को पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्षको २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायत प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि नै बुक क्लोज गरिसकेको छ । यसको अर्थ पुस ९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउन र सभामा सहभागिता हुन पाउनेछन् ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ०९:२७