२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको प्री–अलोटमेन्ट सम्पन्न, यस्तो छ बाँडफाँडको तयारी

१० पुस, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ यही हप्ताभित्र बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे प्री–अलोटमेन्ट सम्पन्न भइसकेकोले यही हप्ताभित्र बाँडफाँड गर्ने तयारी रहेकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकाे छ ।

कम्पनीकाे आईपीओ कुन दिन बाँडफाँड गर्ने भन्ने अझै तय भइ नसकेको क्यापिटलले जनाएकाे छ । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेकाे थियाे ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । याे कम्पनीकाे आईपीओमा आवेदक दिने सबै आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन् ।

कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता सेयर खुला गरेकाे थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे ।

प्रकाशित मिति : 11:49