२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

९ पुस, काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतकाे आदेशसँगै आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उनले १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका हुन् । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार मात्रै छुट्ने छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा छोड्न आदेश दिएका अरु आरोपीहरु धरौटी रकम बुझाएर यसअघि नै रिहा भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १६:३९