२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

विन्टर सेल अफरः सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छूट

९ पुस, काठमाडाैं।नेपाली ब्रान्ड सोनामले विन्टर सेल अफर अन्तरगत आगामी पुस पौष १५ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीहरुमा वार्षिक विन्टर छूट योजना चलाइरहेको छ ।

छूट योजनाअन्तरगत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छूट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छूट पाइने कम्पनीले बताएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायतका उत्पादन छन्।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर,ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमलमा सोनमका सोरुम खुला भइसकेको छ ।

यसैगरी, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन,पोखराको लेकसाइड र न्यूरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका सोरुम खुला भइसकेको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०९:३९