२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटियो

९ पुस, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने  सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको छ । सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।यसअघि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०८:५२