मार्च २ मा ओएनएफ एनएसडब्लुको अधिवेशन हुने
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) एनएसडब्लु राज्य समितिको अधिवेशन आगामी मार्च २ सिड्नीमा हुने भएको छ । मञ्चका एनएसडब्लु संयोजक कृष्ण सापकोटाले अधिवेशनले विगतको कामको समिक्षा र केहि भावी योजना निर्माण गर्दै नेतृत्वको समेत चयन गर्ने बताए ।
यस अगाडिको बैठकले अधिवेशनका लागि सापकोटाकै संयोजकत्वमा १९ सदस्यीय आयोजक समिति समेत गठन गरिएको थियो ।
जसको सह संयोजक सिताराम घिमिरे र सचिवमा शिव पौडेल रहेका छन् । भने सदस्यहरुमा दिवाकर पौडेल, सरोज सुवेदी, सशांक बस्याल, रमेश अधिकारी, नविन खनाल, मोहन भण्डारी, अन्जन सोनी, हरि भण्डारी, अशोक उप्रेती, विशाल जित अधिकारी, आशिष बराल, ऋषिराम सापकोटा, शुशिल अर्याल, जनक पाण्डे रहेका छन् । भने दुई सदस्य बैठकबाट थप गरिने संयोजक सापकोटाले बताए ।
उनले निकट भविष्यमा समितिको बैठक बसेर अधिवेशन स्थल सहित अन्य कार्यक्रम समेत सार्वजनिक गर्ने बताए ।
प्रकाशित मिति : December 24, 2023 at 5:55 pm









