नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
८ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२५ रूपैयाँ ९२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २८२ रुपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १६:४४












