हाथवेका लगानीकर्ता मालामाल, ५० रुपैयाँमा किनेको सेयर ९२३ सम्म बिक्री
८ पुस, काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । अंकित मूल्य ५० रुपैयाँको सेयर ९०० रुपैयाँ माथि पुगेपछि हाथवेका लगानीकर्ता मालामाल भएका हुन् । निरन्तर बढेर ९२३ रुपैयाँसम्म पुगेको यस कम्पनीकाे मूल्य अब भने घटेर ८४७ रुपैयाँमा आएको छ ।
आज नै हावथेको सेयर मूल्य करिव १० प्रतिशतले घटेको छ । निरन्तर रुपमा बढेको हाथवेको सेयरमा पहिलो पटक घटेर ब्रेक लागेको हो ।कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करप्रयोजनका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । कम्पनीले सर्वसाधारणलाई २ करोड ३४ लाख कित्ता सेयर जारी गरेको थियो ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १६:२३












