प्रतिसेयर ४० नगद लाभांश पारित गर्न टेलिकमले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
८ पुस, काठमाडाैं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले साधारणसभा बाेलाएकाे छ । सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले आफ्नो १६ औं वार्षिक साधारणसभा पुस २९ गते काठमाडाैंकाे प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाेलाएकाेछ।
साधारणसभामा आर्थिक वर्ष २०७९/८० को कम्पनीको मुनाफा रकममध्येबाट सेयरधनीलाई प्रतिसेयर रु. ४० का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट एकजना सञ्चालक सदस्यको निर्वाचन गर्ने, आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात र सोही मितिमा समाप्त भएको आ.ब. २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयाेजनका लागि कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ पुस १८ गतेसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीकाे लाभांश पाउन र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०९:२१












