मेडिकेयर हस्पिटलको लाभांश घोषणा, आईपीओ पनि निष्कासन गर्ने
६ पुस, काठमाडाैं। मेडिकेयर हस्पिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश गरि कुल ६३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २८ गते अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बाेलाएकाे छ । सभामा हस्पिटलले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसैगरी, कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्कासन गर्ने पस्ताव पनि गरेको छ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।
प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १६:१६












