दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
६ पुस, काठमाडाैं। दुई कम्पनीले लाधांश घाेषणा गरेका छन् । नेपाल टेलिकम र मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।
नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।
त्यस्तै,मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरी कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १०:५३












