२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

घोराही सिमेन्टले बोनस सेयर वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

६ पुस, काठमाडौं। घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव सहित साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते दाङको होटल पौवामा बिहान ९ बजेदेखि आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वन गरेको हो । सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि घोराही सिमेन्टले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले उक्त लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : December 22, 2023 at 9:46 am