२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

४ पुस, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशमा लक्ष्मी पुन नियुक्त भएकी छन् । पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेकाे बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

पुन नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् । उनि द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक र प्रेस सेन्टर नेपालको सल्लाहकारसमेत छिन् ।

पुस १ गतेदेखि यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि सकिएको थियो । खतिवडाकाे पदावधि सकिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले पुनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । बिहीबार पुनले पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार २०:०६