२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नाडाको अध्यक्षमा करण चौधरी चयन

३ पुस, काडमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी चयन भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेकाे हाे ।

चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।

नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७औँ वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ । अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् । तर, त्यसका लागि पनि सहमतिमै चयन गर्ने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १९:१३