५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मोटरसाइकल चोर्ने नुवाकाेटका तामाङ पक्राउ


२ पुस, काठमाठाैं । मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ परेका छन् ।  नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भइ हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई काठमाडौँको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०३६ प ५१ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको भिमसेनस्थानबाट हराएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३८ प ६७ १६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित चोरीमा संलग्न तामाङलाई टोखाबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार २०:५४