४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ हुने, सफाइ उल्टिन सक्ने


३० मंसिर, काठमाडाैँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाल इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

यही मंसिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको सर्वोच्च प्रशासनले जनाएको छ । बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर  छ । मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्दा यसअघि पलले पाएको सफाइ उल्टिने खतरा समेत हुने कानुन व्यवसायीहरूले बताएका छन ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १६:३०