२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पूर्वगृहमन्त्री खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

२९ मंसिर, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र उनलाई छाडिने बताइएकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १४:०३