नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?
२७ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीकाे मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल इन्सुरेन्स र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हाे ।
नेपाल इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९५ रुपैयाँ ४५ पैसा हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिमा कारोबार मूल्य ८७५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हाे ।
मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३९० रुपैयाँ ८७ पैसा हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिमा कारोबार मूल्य ४२८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हाे ।सोही मूल्यको आधारमा यी कम्पनीहरुको सेयर बिहीबारबाट कारोबारमा आउने छ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १७:०४












