सेयर बजारमा झिनो अंकको सुधार, ३ अर्ब ९० करोडको कारोबार
२७ मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अंकले बढेर एक हजार ९ सय ८८ दशमलब ४ विन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, मोलुङ खोला कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, सानिमा डिभेञ्चर र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको हो । यस दिन कुथेली बुखेर स्मल हाइड्रोपावर लिमिटेड र सुपरमाइ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सोनापुर मिनिरल्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १५:१३












