३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

२७ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा बुधबार मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, र कर्मचारी समेत) लाई १४ लाख कित्ता, संस्थापकहरूले लगानी गरेको ५६ लाख कित्ता गरेर कुल ७० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ७६ रूपैयाँ ८१ पैसादेखि अधिकतम २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमकेसिएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली बिहीबार स्पेशल प्रि ओपन सेसनपछि कारोबार हुनेछ ।

प्रकाशित मिति : 12:05