दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?
२७ मंसिर, काठमाडाैं । दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते बुधबार अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्र सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
मितेरी डेभलपमेन्ट बैंकले पुस १४ गते धरानमा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १०:१५












