२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

२६ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार राजीनामा पत्र बुझाएका हुन् ।

थानी २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा तीन वर्षका लागि नियुक्त भएका थिए । उनकाे राजीनामाकाे कारण भने खुलेकाे छैन ।

प्रकाशित मिति : December 12, 2023 at 5:01 pm