२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

अर्थ मन्त्रालयमा फेरियो ६ सहसचिवको जिम्मेवारी

२६ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् ।

सहसचिव राजेश्वर ज्ञवालीलाई कार्यालयमा सरुवा गरिएको छ ।  यसैगरी, महालेखा शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरमा सरुवा गरेको छ ।

सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् । पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । अब सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १४:४२