२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किराँतीसहित १० जना पक्राउ

२६ मंसिर, विराटनगर ।  नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । हलेसीबाट पक्राउ पर्नेहरूमा पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा खोटाङबाट उदिम राई रहेका छन् भने भोजपुरबाट मिना राई, दिनेश राई , पनन राई , विदुर राई पक्राउ परेका छन् ।

कोशी प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषाण अनुसार पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १४:१३