लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
२६ मंसिर, काठमाडाैं। लुम्बिनी विकास बैंकले लाभांश घाेषणा गरेकाे छ । बैंककाे गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र क रप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश गरी ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंककाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १०:२३