३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२६ मंसिर, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साेही लाभांश प्रस्ताव पारितका लागि आगामी पुस २० गते आफ्नो २७ औं वार्षिक साधारणसभा बाेलाएकाे छ ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते बिहान ११ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा साधारणसभा बाेलाएकाे हाे । सभाले चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक समितिको सोही आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन लगायतका एजेण्डा पारित गर्नेछ ।

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसको अर्थ पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले साधारण सभामा सहभागि हुनुका साथै कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : 10:12