विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
२६ मंसिर, काठमाडाैं। विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि गत मंसिर १९ गते सेबोनमा निवेदन दिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति : 09:30









