नेप्सेमा १८ लाख ५५ हजार कित्ता सेयर सूचिकृत
२५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा अरुण काबेली पावरको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १८ लाख ५५ हजार १०५ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : 16:32









