३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एक दिनपनि टिकेन सेयर बजारको उत्साहः दोहोरो अंकले घट्दा कारोबार चार अर्ब नाघ्यो

२५ मंसिर, काठमाडौं ।  अघिल्लो कारोबारको दिन तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार बन्द भएको सेयर बजारमा सोमबार भने निकै उतारचढावका बीच दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४० अकंले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।

आज ६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

यस दिन समता लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सोनापुर मिनिरल्यको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : 15:16