१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा ४० लाख ३२ हजार कित्ता सेयर सूचिकृत

२४ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १२:०२