६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने महतो पक्राउ

२२ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए ।

प्रकाशित मिति : 09:25