२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

विराटनगर भन्सारमा  १० अर्ब राजश्व सङ्कलन

२७ कात्तिक,विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिनुभयो ।

सङ्कलित राजश्वमा भन्सार महशुल रु चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार छन् ।

चालू आवको साउन, भदौ र असोज महीनामा भन्सार महशुल रु चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर रु तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क रु एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल रु चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 13, 2018 at 4:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/