२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एनसेल सेयर खरिदबिक्री प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन

२१ मंसिर, काठमाडाैं । एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ। पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन भएको हो।

आज बसेकाे मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले लगायत छन्। यो समितिलाई एक महिनाभित्र प्रतिवेदन दिन समय दिइएको छ।

प्रकाशित मिति : December 7, 2023 at 11:17 am