४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन


१९ मंसिर, एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको निधन भएको छ ।

हृदयघातपछि केही दिन यता मुम्बइको तुङ्गा अस्पतालमा भर्ना भएका उनको आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  फडनिसको अन्तिम संस्कार मुम्बइमा गरिएको छ ।

दिनेशले सीआईडीमा फेड्रिकको भूमिका निभएपछि उनी सोही नामले चर्चित थिए । १९९८ मा सुरु भएको उक्त टेलिभिजन सिरियल २० वर्ष चलेको थियो । दिनेशले तारक मेहेताका उल्टा चस्मासहित सर्फरोस, सुपर ३० लगायतका विभिन्न फिल्महरुमा अभियन गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १३:४०