३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१९ मंसिर, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओ कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

प्रकाशित मिति : 10:26