३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

तारागाउँ रिजेन्सी होटल्सले घोषणा गर्यो लाभांश, बोनस र लाभांश कति ?

१८ मंसिर, काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ११ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : December 4, 2023 at 10:23 am