१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

हिमालयन डिस्टीलरीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१८ मंसिर, काठमाडौं। हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत  बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले लाभांश घोषणासँगै आफ्नो २३ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। कम्पनीले पुस २५ गते बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडानम्बर २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोजको गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र साधारणसभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित मिति : December 4, 2023 at 10:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/