२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

माल्टा पठाईदिन्छु भनी छ लाख ठगी गर्ने धादिङकी लक्ष्मी पक्राउ

१५ मंसिर, काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने २९ बर्षकी लक्ष्मी श्रेष्ठ रहेकी छिन् ।

उनले कुलमानसहित २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी छ लाख आठ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी हुन् ।

उनले माल्टा जान प्रतिव्यक्ति नौँ लाख रुपैयाँ लाग्ने र उता पुगेपछि मासिक एक लाख रुपैयाँमा प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनि प्रलोभनमा पारी उनिहरूबाट पटकपटक गरी उक्त रकम लिइ सम्पर्क विहीन भई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई बाफलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 1, 2023 at 4:59 pm