एनएमबि बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली !
१४ मंसिर, काडमाडौं। एनएमबि बैंकले लाभांश नदिने भएको छ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । यो बर्ष यस बैंकको सेयरधनीहरुको हात खाली हुने भएको छ ।
कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९ / ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि बैंकले साधारणसभा आह्वान गरि वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ। बैंकले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रकाशित मिति : November 30, 2023 at 10:37 am









