२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बेलकोटगढीमा एकै पटक तीन एम्बुलेन्स सञ्चालनमा, अपाङ्गता र सुत्केरीलाई निःशुल्क सेवा

१३ मंसिर, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले एकै पटक तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बेलकटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेर मंगलबारबाट सञ्चालनमा ल्याएको हो ।

बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक, बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकीलाई एक र बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकीलालाई एक गरी तीन वटा एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार नगरप्रमुख जगतबहादुर गुरूङले एम्बुलेन्स हस्तान्तरण गरेका छन ।

प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा खर्च गरेर एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ । एम्बुलेन्स सञ्चालनसँगै यस भेगका नागरिकले अस्पतालसम्म आवतजावत गर्न केही सहजता प्राप्त गर्ने भएका छन । नगरप्रमुख गुरूङले निर्वाचित भएलगत्तै एम्बुलेन्स सञ्चालनको प्रतिवद्धता जनाएका थिए । नेपाली कांग्रेस र नेकपा माओवादी लगायतको सत्ता गठबन्धनको उम्मेदवारको रूपमा नगरप्रमुखमा विजयी गुरूङ माओवादी केन्द्रका नेता हुन ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०७:५८