११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

खानीखोला हाइड्रोपावरले एकैपटक बोलायो दुई वर्षको साधारण सभा, हकप्रद निष्काशन गर्ने एजेण्डा

१२ मंसिर, काठमाडौं। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीको हाल कायम चुक्तापूँजीको सतप्रतिशत (१ः१ को अनुपात) मा हकप्रद निष्काशनकाे एजेण्डासहित पुस ४ गते धुम्र बाराह पार्टी प्यालेस, धुम्बराहीमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत पास गर्नेछ । दुवै आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफानोक्सान हिसाब समेत पारित गर्ने एजेण्डा रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १२:५८