चेतना नभएका मुर्खहरूले मात्र राजतन्त्र मान्छन्ः अध्यक्ष ओली
८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने बताएका छन्। शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताए ।
नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्, नागरिक सर्वोच्चता स्वीकार्न नसक्नेरु त्यो त चेतना हैन, मुर्खता हो।’
नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको बताउँदै अध्यक्ष ओलीले एकाथरी मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका बेला युवा संघ त्यसविरूद्ध सडकमा आएको भन्दै धन्यवाद समेत दिए।
प्रकाशित मिति : November 24, 2023 at 5:22 pm










