आज नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
७ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १३ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँ,सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख ९८ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख ४४ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको ५ करोड २१ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १५:१७