१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नबिल बैंकले बोनस सेयर वितरण नगर्ने, सेयरधनीलाई कति दिँदैछ नगद लाभांश ?

७ मंसिर, काठमाडौं। नबिल बैंकले सेयरधनीका लागि बोनस सेयर नदिने भएको छ । हरेक वर्ष बोनस सेयर वितरण गर्दै आइरहेको यस बैंकले यस वर्ष भने नगद लाभांश मात्र वितरण गर्ने भएको छ।

मंसिर ७ गते बिहान बसेको बैंकको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार ११:११