२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँड भोलि, कतिले पाउँछन् सेयर ?

७ मंसिर, काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ भाेलि मंसिर ८ गते शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीकाे एफपिओ भाेलि बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएकाे छ । कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म एफपीओ निष्कासन गरेका थियो ।

लघुवित्तको एफपीओमा ११ लाख २२ हजार ९११ जना आवेदकहरुले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणा बढी आवेदन हो। माग भन्दा बढी आवेदन परेको कारण कम्पनीको एफपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । भने ११ लाख भन्दा बढीको हात खालि हुने भएको छ ।

कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार ०९:५८