८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ४ करोड ३९ लाख २५ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७० लाख ५८ हजार रुपैयाँ, सोल्टी होटलकाे २ करोड ८८ लाख २७ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २ करोड ६८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १५:२७