११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

तिहारपछिको पहिलो कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री


४ मंसिर, काठमाडौं । तिहारपछिको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३६ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड ८४ लाख ३६ हजार रुपैयाँ, सोनापुर मिनरल्स लिमिटेडको ५ करोड ८८ लाख ७८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड ३३ लाख ८५ हजार रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड १५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १५:२१