६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२६ कात्तिक, काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुन  १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुन १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 12:19