२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

काभ्रेको नमोबुद्धमा पर्यटन तालिम

२२ कार्तिक, काभ्रे । हिमालपार वातावरण तथा जीविकाेपार्जन कार्यक्रम, अन्तर्राष्ट्रिय विकास संस्था तथा नमाेबुद्व नगरपालिकाकाे आयाेजना तथा ईन्गेज नेपालकाे आर्थिक सहयाेगमा प्राेजेक्ट कर्मा अन्तर्गत कृषि तथा पर्यावरण पर्यटनकाे क्षमता अभिवृद्धिका लागि आतिथ्यता सत्कार, पाककला, गड्याैला मल तथा फाेहाेर व्यवस्थापन सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम नमाेबुद्वमा सुरु भएकाे छ ।

नमाेबुद्व नगरपालिकाकाे उपमेयर रत्न लामाकाे प्रमुख आतिथ्यता तथा वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर लामा तथा वडा नं. १ का वडा अध्यक्ष प्रेमबहादुर लामाकाे विशेष आतिथ्यता कार्यक्रम संचालन भएकाे छ ।

हिमालपार वातावरण तथा जीविकाेपार्जन कार्यक्रमका अध्यक्ष आनन्द शाेभा ताम्राकारले जीविकोपार्जनका लागि पर्यावरण र पर्यटन लाई सँगसँगै लानुपर्ने बताउनु भयाे । तालिम कार्यक्रममा नमाेबुद्व बजार क्षेत्रका साना हाेटल, रेष्टुरेन्ट तथा लज संचालन गरीरहेका २० जना सहभागि हुनुभएकाे छ । दुई दिने तालिम कार्यक्रममा पर्यटनका विभिन्न विषयहरुमा भुमराज तिवारीले प्रशिक्षण दिनुहुनेछ ।

प्रकाशित मिति : 08:06